Monday, April 6, 2015


किड्स जोन मन्टेसरी


जहाँ झुम्छन्
फूल झैं सुकोमल मनहरू
जहाँ धाउँछन्
झरना झैं चंचल पाइलाहरू
जहाँ गाउँछन्
देवत्व तोते स्वरहरू
यही हो "किड्स जोन मन्टेसरी"
साना–साना फूलहरूको स्वर्गपुरी ।
जहाँ पढ्छन्
विद्य, पवित्र ओठहरू
जहाँ सिक्छन् लेख्न
स–साना पुकुल्ले हातहरू
जहाँ गर्छन् साधना
स्वर्णीम भविष्यहरू
यही हो "किड्स जोन मन्टेसरी"
कलिला हदयहरूको अमरापुरी ।

No comments:

Post a Comment